पत्रकारको रोजगारी सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन नेता नेपालको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पत्रकारको रोजगारी सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन नेता नेपालको माग

काठमाडौं । नेकपा एमाले नेता माधव कुमार नेपालले पत्रकारहरुको रोजगारी सुरक्षाका लागि विशेष कार्यक्रमको माग गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले सोमबार विश्व प्रेस स्वातन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश दिंदै पत्रकारहरुको रोजगारी सुरक्षाको निमित्त विशेष कार्यक्रम तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् ।

नेता नेपालले आफ्नो सन्देशमा पछिल्लो समय अलोकतान्त्रिक तथा प्रतिगामी कदमका विरुद्ध मिडियाले निर्वाह गरेको न्यायपूर्ण भूमिकाप्रति धन्यवाद दिएका छन् । साथै उनले पत्रकारहरु माथि भएको धरपकड अन्तय गरी पूर्ण प्रेस स्वातन्त्रताको मूल्य मान्यता विपरीतको कार्य बन्द गर्न समेत आग्रह गरेका छन् ।

सन्देशमा भनिएको छ –‘ पत्रकार एवं प्रेस स्वतन्त्रता पक्षधरहरुमा विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी गर्दै विधि–पद्धती र न्यायको पक्षमा दृढतापूर्वक उभिन सक्नुहोस्र भनी शुभकामना व्यक्त गर्दछु । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);