मुम्बई, असोज २९ । बलिउडमा आफ्नै एक पहिचान बनाएको यशराज ब्यानरले दुई अभिनेताको नामबाट फिल्म बनाउने घोषणा गरेको छ ।
‘ऋतिक भर्सेस टाईगर’ नामको एक्शन फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने भएका छन् । टाईगर आफैँ पनि ऋतिक रोशनका फ्यान हुन् । बलिउडमा एक्शन र डान्समा माहिर मानिएका ऋतिक रोशन र टाईगर श्रफसँग एक मात्र अभिनेत्री हुनेछिन् ।
अभिनेत्रीको खोजीमा रहेको यशराज ब्यानरले फिल्मका लागि वाणी कपुरलाई लिने पक्का गरेको छ । वाणी कपुरले यसअघि फिल्म बेफिक्रेमा काम गरेसकेकी छिन् । यद्यपी फिल्म भने सफल हुन सकेन ।
ऋतिक भर्सेस टाईगरमा अभिनेत्री वाणी कपुर भने ऋतिक रोशनसँग देखिनेछिन् । फिल्म सन् २०१९को २५ जनवरीमा रिलिज हुनेछ ।




