कमेडी जनरामा बन्ने भयो 'अमेरिका बोइज' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, ३० असोज । कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’को औपचारिक घोषणा गरिएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको घोषणा गरिएको हो।

यस अघि केहि चलचित्रमा सह निर्देशक रहेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’लाइ निर्देशन गर्ने छन् । चलचित्रको छायांकन तिहार लगत्तै सुरु हुने निर्माण युनिटले बताएको छ ।

चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ। प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत दुई करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्द चलचित्रका निर्माता हुन् ।

चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् नाम‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्दशकले कार्यक्रममा बताए । चलचित्रमा अलोक सुक्लाको छायांकन,निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत, सुनिल क्षेत्रीको कोरियोग्राफी रहने छ । निर्माण युनिटका अनुसार चलचित्र आगामी बैशाख १४ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);