लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालमा पनि श्रम शक्तिको सम्मान गर्ने वातावरण बन्दै गएको बताएका छन। विश्व श्रमिक दिवसको अवसरमा शनिबार शुभकामना सन्देश दिंदै मन्त्री पोखरेललले श्रम शक्तिको विकास र सम्मानको वातावरणवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव हुने बतातका हुन ।
‘श्रम शक्तिको सम्मानको वातावरण अझ राम्रो बनाउन हामी दृढ संकल्पित भएर लागि परेको मन्त्री पोखरेलले भनाई रहेको छ । नेपाली समाजमा लामो समयसम्म श्रमलाई हेयको दृष्टिले हेर्ने गरिएको र श्रमका कतिपय क्षेत्रहरुमा नेपाली श्रमशक्तिको सहभागिता नदेखिनुको प्रमुख कारक हेयको दृष्टिले हेर्ने सामाजिक मान्यता भएको उनको भनाइ छ ।
जसबाट वर्षेनी अरबौंको पुँजी रेमिट्यान्सका रुपमा पलायन भइरहको मुख्यमन्त्री पोखरेलको भनाइ छ । ‘मुलुकमा आजको यो परिस्थिति २००७, २०४६ र २०६२-०६३ मा भएका राजनीतिक आन्दोलन र क्रान्तिको सफलताबाट निर्माण भएको हो । उक्त आन्दोलनमा नेपाली श्रमिक वर्गको सहभागिता र बलिदान अविस्मरणीय छ ।
नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्य व्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवादउन्मुख राज्य व्यवस्थाको स्थापना गरेको छ, शुभकामना सन्देशमा भनिएको छ । संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित रहेको मुख्यमन्त्री पोखरेलले बताएका छन ।
श्रमिक वर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको उनले बताए । ‘स्वदेशमा कार्यरत श्रमिकहरूको बैंकर्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको समेत उनले चर्चा गरेका छन ।
त्यस्तै मुख्यमन्त्री पोखरेलले नागरिकलाई कोरोना भाइरसबाट संक्रमित हुन नदिन सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड यथासिघ्र पालना गर्न आम नागरिकमा अपिल समेत गरेका छन । कोरोनाविरुद्धको संघर्षमा तीन तहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढिरहेको र यो यात्रामा नागरिकको भूमिको अपरिहार्य हुने मुख्यमन्त्री पोखरेलले भनाई छ ।