माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको यस्तो तयारी | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको यस्तो तयारी

काठमाडौँ, २९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन्।

शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो। संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीलाई सिधै हटाउन मिल्दैन।

माओवादी केन्द्रले आफ्नो पार्टीका मन्त्रीलाई एक दुई दिनभित्र सरकारबाट फिर्ता नबोलाए उनीहरुलाई बिनाबिभागीयमा सोरेर उपप्रधानमन्त्री थापासहित राप्रपाका चार मन्त्रीलाई मन्त्रालय तोक्ने तयारी भएको बालुवाटार स्रोतले जनायो। आजको कान्तिपुरमा यो खबर छ।