६ करोड ठगीमा काठमाडौंबाट समातिए एनआरएनए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

 

काठमाडौं, २९ असोज । नेपालमा जापानी स्कुल सञ्चालन गर्ने नाममा एक जापानीसँग ६ करोड रुपैयाँभन्दा बढी रकम ठगेको आरोपमा गैरआवासीय नेपाली संघ (NRNA) जापानका पूर्वपदाधिकारी पक्राउ परेका छन्। राजधानीमा शनिबारदेखि सुरु एनआरएनएको विश्वसम्मेलनको पूर्वसन्ध्यामा काठमाडौं प्रहरी परिसरको टोलीले अनुज थापालाई पक्राउ गरेको हो।

पीडित जापानीले केही दिनअघि परिसरमा आउर उजुरी गरेपछि प्रहरीले थापाको खोजी गरेको थियो। थापा एनआरएनए, जापानका पूर्वमहासचिव हुन्। उनी हाल उनी हाल एनआरएनए आईसीसी सदस्य छन्। नेपाल पर्यटन बोर्डको जापानस्थित प्रतिनिधिसमेत रहेका थापाले जापानी प्रोफेसर यामामोतो हिराकीलाई प्रलोभनमा पारी ठूलो रकम हात पारेका थिए।

हिराकी लगानी गर्न तयार भएपछि उनीहरुले ०७१ चैतमा सोह्रखुट्टेमा एउटा घर किने। साथै फोर्डको गाडी पनि लिए। थापाले सबै व्यक्तिगत नाममा दर्ता गरे। ०७२ सालको विनाशकारी भूकम्पले भवनमा क्षति पुर्याएको भन्दै त्यसपछि हिराकीबाट पैसा लिएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);