काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका मौसममा आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको छ।
हाल देशको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।
अहिले देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का बर्षा भइरहेको छ।
आज दिउसो देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशका तराईका भूभागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।।
देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।