उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-४ स्थित बगाहामा बुधबार नजिकैको पोखरीमा पौडी खेल्नेक्रममा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका-४ स्तिथ बगाहा निवासी बिवेक ढकाल रहेका छन् ।
मृतक बालक नजिकै पोखरीमा पौडी खेल्न जान्छु भनि गएको र साँझसम्म घर नआए पछि खोज्न जादा पोखरी छेउको डिलमा कपडा मात्र भेटिएपछि प्रहरी लाई खबरी गरि प्रहारले खोजतलास गर्दा उनी पोखरीमा मृत अवस्थामा भेटिएका थिए ।
मृतकको शव मोस्टमार्टमको लागि उदयपुर अस्पताल लगिएको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले उदयपुरले जानकारी दिएको छ ।