एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन

एजेन्सी । चन्द्रमामा पहिलो पटक मानव जातिलाई पु-याउने अभियान एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन भएको छ ।

क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो । अपोलो–इलेभेन अभियान अन्तर्गत २० जुलाई १९६१ मा पहिलो पटक अन्तरिक्ष यान चन्द्रमामा उत्रिएको थियो जसमा माइकल कोलिन्स चन्द्रमाको कक्षमा नै रोकिएका थिए भने उनका सहकर्मी निल आर्मस्ट्रङ्ग र बज एल्ड्रिन चन्द्रमामा ओर्लिएका थिए ।

कोलिन्सको निधनपछि एपोलो–इलेभेन मिसनको अव एक मात्र जिवित क्रु मेम्बर बज एल्ड्रिन हाे जसको उमेर ९१ वर्षको छ ।

कोलिन्सको निधनपछि एल्ड्रिनले कोलिन्सलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धाञ्जली दिँदै प्रिय माइक, तपाईं जहाँ रहे पनि तपाईंको ऊर्जाले हामीलाई सधैं भविष्यमा नयाँ उचाइ छुन प्रेरित गरिरहने छ भन्दै समवेदना जानाएका छन् । एपोलो–इलेभेन का कमाण्डर आर्मस्ट्रङको भने ८२ वर्षको उमेरमा सन् २०१२ मा निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);