काठमाडाैं । मंगलबार ९२ अंकले बढेको शेयर बजार बुधबार भने १३ दशमलव ७९ अंकले घटेर २५८५ दशमलव २८ विन्दुमा अडिएको छ । बुधबार बजारले ३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीको सेयरको कारोबार गरेको छ । २१५ कम्पनीको ८९ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
नेप्सेमा सुचिकृत १३ समुह मध्ये ३ समूहको सूचकमा वृद्धि आएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । बुधबार एनसीसी बैंकले २८ करोड रुपैयाँभन्दा बढीको कारोवार गरेर अग्रस्थान ओगटेको छ । समग्रमा गत साताहरुको तुलनामा सेयर बजार बुधबार केही सुस्त देखिएको छ ।
नेप्से सूचकमा कमी मात्रै हैन कारोवार रकम पनि घटेको छ । सरकारले उपत्यकामा बिहीबारदेखि लकडाउनको घोषणा गरेकै कारण त्यसको असर बुधबारकोे कारोवारमा परेको विश्लेषण गरिएको छ ।