चर्चित राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

काठमाडौं, २८ असोज । चर्चित लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला अस्पताल भर्ना भएका छन। हेल्पिङ हेन्डस् सामुदायिक अस्पताल चावहिलमा संग्रौलाको प्रोस्टेट ग्रन्थिको अप्रेसन सफल भएको छ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोटले जनाएको छ। वरिष्ठ सर्जन डा. महेश अधिकारी, डा. उदय डंगोललगायतको टिम उनको अप्रेसनमा संलग्न भएको अस्पतालका अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठले जानकारी दिए। साहित्यकार संग्रौला विगत १५ वर्षदेखि प्रोस्टेटका बिरामी थिए।