काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी कोरोना संक्रमित भएका छन् ।
उर्जामन्त्री रायमाझीलाई सोमबार कोरोना संक्रमण पुुष्टि भएको सचिवालयले जनाएको छ ।
रायमाझीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भई रहेको छ ।
उनी केही दिन अघि मात्रै आफ्नो गृहजिल्ला अर्घाखाँचीमा भएको एक कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएका थिए ।