संकटमा भासिँदै गठबनधन, उम्मेदवार छनोटमै यस्तो किचलो | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

काठमाडौं, २८ असोज । प्रमुख राजनीतिक दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अझै पनि उम्मेदवारको टुङगो लगाउन सकेका छैनन्। नेकपा (एमाले) र मा‌‌ओवादी केन्द्र नेतृत्वको वाम र नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले उम्मेदवार चयनको छलफल जारी रहेपनि उम्मेदवारी टुङग्याउन नसकेको नेताहरुले बताएका छन्।

वाम गठबन्धन अन्तर्गतको उम्मेदवार बाँडफाँट समितिको उम्मेदवार टुङगो लगाउन एकसातादेखि निरन्तर बेठक बसेपनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन।

यस्तै सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसको संसदीय समिति पनि उम्मेद्वार छनोटमा व्यस्त छ । तर अहिलेसम्म उम्मेदवारको नामावली टुङग्याउन सकिरहेको छैन ।