भारतमा एकै दिन साढे ३ लाखभन्दा बढी संक्रमित, २८१२ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८१, बिहीबार

भारतमा एकै दिन साढे ३ लाखभन्दा बढी संक्रमित, २८१२ को मृत्यु

एजेन्सी । दैनिक संक्रमित संख्या ३ लाख कटेको भारतमा पछिल्लो २४ घण्टामा साढे ३ लाख भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा गरिएका १४ लाख २ हजार ३ सय ६७ पीसीआर परीक्षणमध्ये तीन लाख ५२ हजार ९ सय ९१ मा संक्रमण पुष्टि भएको हो ।

यो सँगै भारतमा संक्रमित हुनेको कुल संख्या एक करोड ७३ लाख १३ हजार १ सय ६३ पुगेको छ ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या पनि हालसम्म कै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा भारत दुई हजार ८ सय १२ ले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

भारतमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १ सय २३ पुगेको छ । भारतमा हाल बीस लाख १३ हजार ६ सय ५८ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका दुई लाख १९ हजार २ सय ७२ लगायत भारतमा हालसम्म एक करोड ४३ लाख ४ हजार ३ सय ८३ संक्रमणमुक्त भई सकेका छन् ।

भारतमा हालसम्म १४ करोड १९ लाख ११ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);