मन्त्रिपरिषदको बैठक बस्दै, कोरोना रोकथाम र नियन्त्रण प्रयासका विषयमा छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८१, आइतबार

मन्त्रिपरिषदको बैठक बस्दै, कोरोना रोकथाम र नियन्त्रण प्रयासका विषयमा छलफल

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपरान्ह पाँच बजे बैठक बस्ने भएको हो । बैठकमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका विषयमा छलफल हुने बताईएको छ ।

आइतबार बसेको कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसी ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो । सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो ।

यस्तै पहाडमा २ सय र शहरी क्षेत्रमा ५ सय संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ । आज बस्ने बैठकमा कोरोना संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने बताईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);