कोरोना जोखिम न्यूनीकरण गर्न आज नयाँ मापदण्ड घोषणा हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना जोखिम न्यूनीकरण गर्न आज नयाँ मापदण्ड घोषणा हुँदै

काठमाडौं, ३१ चैत । पछिल्लो समय नेपालमा कोरोना भाईरसको दोश्रो लहर सुरु भएको छ । कोरोना भाइरसको दोश्रो लहर सुरु भएसँगै यसको जोखिमलाई हेर्दै सरकारले विभिन्न मापदण्ड लागू गर्न लागेको छ ।

यसअघि कोरनाको जोखिम उच्च भएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद्समक्ष तीन साता विद्यालय बन्द गर्ने लगायतका प्रस्ताव गरेको थियो । यस प्रस्तावमा छलफल गर्न हिजो मन्त्रीपरिषद् बैठक पनि बसेको थियो । तर बैठकले तत्काल विधालय बन्द नगर्ने निर्णय गरेको थियो । केही दिनको अवस्था हेरेर मात्र यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी छ ।

सरकारले तत्काल कुनै क्षेत्र बन्द गर्ने निर्णय गर्नुपूर्व कोरोनाको नयाँ प्रजातिबारे जनचेतना फैलाउने र नयाँ मापदण्डका बारेमा सार्वजनिक अपिल गर्ने भएको हो । सोहीअनुरुप उपप्रधानमन्त्री इश्वर पोखरेलले आज संचार माध्यमबाट कोरोना भाइरस सम्बन्धी नयाँ मापदण्ड बारे अपिल गर्ने कार्यक्रम छ ।

हिजो बसेको बैठकले विधालय बन्द गर्ने सम्बन्धी कुनै औपचारीक निर्णय लिएको थिएन् । बैठकमा विधालय बन्द गर्ने सम्वन्धी अधिकार स्थानिय तहलाई दिने भनि प्रस्ताव पनि उठेको थियो ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);