रुपन्देही । रुपन्देहीमा सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।
आइतबार प्रमुख जिल्ला अधिकारी आशमान तामाङ र जिल्लाका सबै स्थानीय तहका प्रमुखबीच भएको छलफलले जिल्लाका १६वटै स्थानीय तहका शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
यसका साथै विद्यालयमा सञ्चालनमा रहेका परीक्षाहरु समेत अर्को सूचना नआए सम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
त्यसैगरी रुपन्देहीमा सञ्चालनमा रहेका सवारी साधनमा जोरविजोर प्रणाली लागु गर्ने पनि बैठकले निर्णय गरेको छ । यही बैशाख १४ मंगलबारबाट रुपन्देहीमा सञ्चालनमा रहेका सार्वजनिक लगायत निजी सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गरिने छ ।