बाँके । बाँकेको खजुरा स्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालको सेवा आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ ।
अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि इमर्जेन्सीबाहेक अरु सबै सेवा बन्द गरिएको हो ।
अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको पीसीआर टेस्ट गर्दा ९० प्रतिशतमा डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारीहरुको रिपोर्ट पोजेटिभ पाईएको र यस्तो अवस्थामा सेवा दिन नसकिने भन्दै एक साताका लागि सेवा बन्द गरिएको छ ।