लाइसेन्स फाराम लिन यस्तो सास्ती: रातभर लाम बस्दा पनि आउँदैन पालो | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

बुटवल, २८ असोज । गुल्मी वीरबासका केशव बस्नेत लाइसेन्सको आवेदन भर्न बुटवलको यातायात कार्यालयमा अघिल्लो रातदेखि नै लाममा बसे । उज्यालो भयो, कर्मचारी आए । आवेदन बुझ्न थाले । तर केही घण्टा मै आवेदन लिने सिट सकियो भन्दै उनलाई पालो नआउँदै फिर्ता पठाइयो।

गुल्मीबाट आएका उनी होटेलमा बसेर अर्को दिन फाराम बुझाए । कर्मचारी कम भएकाले सेवा दिन सकेनौं भन्छन्, हामीले कहिलेसम्म सास्ती पाइरहने श्र उनले भने। उनी मात्र होइन, यातायात व्यवस्था कार्यालय बुटवपलमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन आउने सेवाग्राहीले यस्तै सास्ती पाउँदै आएका छन्।

नवीकरणका लागि आउने सेवाग्राहीले पनि उस्तै सास्ती भोग्दै आएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);