काठमाडाैं । नेपालमा पहिलो पटक आयोजना फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजबाट सुरु हुँदैछ । नेपाली फुटबलको ईतिहासमा नयाँ सुरुवातको रुपमा रहेको नेपाल सुपरलिग एनएसएल शनिवार काठमाडौको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुदैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गरीएको नेपाल सुपर एनएसएलको उदघाटन खेलमा शनिवार उपत्यकाका दुई टोली काठमाडौँ रेजर्स र ललितपपुर सिटी एफसीविच प्रतिस्पर्धा हुने छ । उक्त प्रतियोगीतामा नेपालका सात शहरको नामबाट फे्रन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् ।
विवेक कुथुको कप्तानीमा काठमाडौ र अन्जन विष्टको कप्तानीमा ललितपुरविच हुने खेलसँंगै नेपाली फुटबलको ईतिहाँसमा नयाँ परिक्षण हुने भएको छ । सिंगल राउण्ड रोविनका आधारमा एनएसएलको फाइनल खेल जेठ १ गते हुने छ ।
पहिलोपटक आयोजना हुन लागेको एनएसएलको विजेताले ३५ लाख र उपविजेताले नगद ५ लाख पाउने छन् । कोरानाको जोखिम बढ्दै गएकोले दर्शकले भने प्रवेश नपाउने भएका छन् ।