राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल नै उम्मेदवार : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल नै उम्मेदवार : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई नै पार्टीको तर्फबाट उम्मेदवार बनाउने बनाउने बताएका छन ।

शुक्रबार बालुवाटारमा बसेको एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक समापन गर्दै ओलीले राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई नै उम्मेदवार बनाउने उदघोष गरेका हुन् ।

माओवादी केन्द्रले बादललाई कारबाही गरेपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आउँदो जेठ ६ गते उपनिर्वाचन हुने तय भएको छ। बादललाई कारबाही गरेपछि रिक्त रहेको स्थानमा उनैलाई फेरि उम्मेदवार बनाउने ओलीले बताएका हुन् ।

समयमै औपचारिक निर्णय गरेको आउने उपनिर्वाचनहरुमा पुर्व एमालेकाहरुलाई कारबाही गरिका हकमा उनीहरुनै उम्मेदवार बन्ने पक्काकक्की जस्तै भएको बताएका छन। पार्टीले कारबाही गरिएका ठाउँहरुमा प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष , सचिव भएर तत्काल लविङ र होमवर्क गर्न पनि निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले भने, माओवादीले कारबाही गरेकालाई ६ महिनाभित्र चुनावमा जिताउने समेत बाचा गरेका छन् ।

अध्यक्ष ओलीले एमालेमा लागेपछि जसरी पनि संरक्षण हुने भन्दै पार्टीमा कसैलाई पनि अन्याय नहुने दावी समेत गरेका छन् । उनले थपे , पार्टी ध्वंस बनाउने , पार्टी कार्यलय कब्जा गर्ने चरण सामना गरेर आएको छौ , अब हामा्रे भागमा जित मात्र आएको उल्ले गरेका छन् । अध्यक्ष ओलीले सोही अवसरमा भने , २०७४ सालमा पपुलर मत, ४४ लाख मत पाएको हो। अब ५० लाख ल्याउने हो।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);