काठमाडाैं । श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा राम–सीताको मूर्ति प्रतिस्थापन गरिने भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारबाट राम–सीताको रथयात्रासहित चितवनको देवघाटमा पुर्याइएको मूर्ति आज माडीस्थित अयोध्यापुरीमा लगेर प्रतिस्थापन गरिने भएको हो ।
आज दिउँसो साढे १२ बजेको शुभ मूहुर्तमा मूर्ति प्रतिस्थापन गरिनुका साथै पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत रहेको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट बसेको थियो ।
यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत कोषका पदाधिकारी सहभागी हुनुभएको छ । गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गर्नुभएको थियो ।