लागूऔषध सहित १ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

लागूऔषध सहित १ जना पक्राउ

उत्तम रिजाल
झापा।
लागूऔषध सहित प्रहरीले मोरङको विराटनगरबाट एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान–८ का ३२ वर्षीय दिपेन तामाङ छन् ।

उनलाई विराटनगर ४ कञ्चनबारीबाट प्रहरीले चेकजाँच गर्ने क्रममा लागूऔषध सहित पक्राउ गरेको हो । सोमबार दिउँसो साढे २ बजे उनलाई लागूऔषध लुपिजेसिक ३४ एम्पुल र डाइजोपाम ८६ एम्पुल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);