काठमाडौं । आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ ।
देशको पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो पनि अधिकांस क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भूभागका केही स्थानहरुमा भने अपरान्ह पछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
देशको पहाडी भूभागका थोरै स्थानहरुमा विशेष गरी साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकोले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।