बालबालिकालाई कोरोनाबाट जोगाउँ : मानवअधिकार आयोग | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

बालबालिकालाई कोरोनाबाट जोगाउँ : मानवअधिकार आयोग

Rastriya-manab-adhikar-aayog

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

बालबालिकाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै आयोगले आइतबार विज्ञप्ती निकालेर सरकारको ध्यानाकर्षण गराएको हो । कोरोनाको दोस्रो लहर बढ्दै जाँदा बालबालिकामा त्यसले बढी जोखिम निम्त्याएको र विद्यालयहरूमा समेत संक्रमण बढ्न थालेकाले आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ ।

बालबालिकाको स्वास्थ्यको अधिकारप्रति सचेत रहँदै पठनपाठनको वैकल्पिक व्यवस्था गर्न आयोगले सरकारसँग आग्रह गरेको छ ।

विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्ने विषयमा सही सूचना दिन पनि आयोगले आग्रह गरेको छ । विज्ञप्तीमा लेखिएको छ – ‘विद्यालय सञ्चालन गर्ने गराउने विषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयबाटै परस्पर विरोधाभाषपूर्ण सूचना सम्प्रेषण नगर्न, अभिभावक र विद्यार्थीहरूमा मानोवैज्ञानिक त्रास सृजना नगर्न, स्वास्थ्यको विषयमा स्वास्थ्य मन्त्रालयको राय, सल्लाह, अनुरोध वा सूचना बमोजिम गर्न र स्वास्थ्य जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिई व्यवहार गर्न गराउन नेपाल सरकार तथा सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ ।’

उपत्यकाका विभिन्न विद्यायलमा अनुगमन गर्दा निजी विद्यालयको तुलनामा सरकारी विद्यालयमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नभएको पाइएको आयोगले जनाएको छ ।

सरकारले उच्च जोखिममा रहेका १४ जिल्लामा शिक्षण संस्थालगायत बढी भिडभाड हुने क्षेत्र तत्काल बन्द गर्न सुझाव दिएपनि शिक्षण संस्था सञ्चालनमै रहेकाले बालबालिकाको स्वास्थ्यको अधिकार जोखिममा परेको समेत आयोगले उल्लेख गरेको छ ।

आइ एन ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);