माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन सुरु गर्छ : सचिव घिमिरे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन सुरु गर्छ : सचिव घिमिरे

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिना भित्रै विद्युत उत्पादन सुरु गर्ने भएको छ ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले बैशाख महिना भित्रै पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी गराएका हुन् । उनले पहिलो युनिटबाट बैशाख भित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको जानकारी दिए ।

उनले भने– ‘आजको स्थितिमा भर्टिकल स्ल्याब सबै सकिएको अवस्था छ र संक्षेपमा भन्दा बैशाख भित्रै ७६ मेगावाटको युनिट सञ्चालन सुनिश्चित भएको छ ।’

बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश उत्पादन थप्दै लगिने सचिव घिमिरेको भनाई छ । यसरी आगामी भदौ महिना भित्रमा माथिल्लो तामाकोशीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन भइसक्ने पनि सचिव घिमिरेले जानकारी गराए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले समय तालिका अनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन सुरु गर्ने रहेपनि बैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइराखेको बताए । बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एकदुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिन पछि विद्युत उत्पादन सुरु हुँदा बैशाख ३१ गते सम्भव हुने उनको भनाई छ ।

आयोजनाको काममा ढिलाई भएको भन्ने भएपछि आफू एक दुई दिन अघि मात्रै आयोजना स्थलको अनुगमनमा पुगेको बताउँदै कार्यकारी निर्देशक शाक्यले यही गतिमा काम भएमा समयमै आयोजना सम्पन्न हुने दाबी गरे । साउन मसान्त सम्ममा आयोजनाका ६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसक्ने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);