तुलसीपुरमा तत्काल विद्यालयहरु बन्द नहुने, वार्षिक परीक्षा वैशाख २७ गतेदेखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तुलसीपुरमा तत्काल विद्यालयहरु बन्द नहुने, वार्षिक परीक्षा वैशाख २७ गतेदेखि

दाङ । तुलसीपुर उपमहानगरपालिकामा तत्कालै विद्यालयहरु बन्द नहुने भएका छन् । शिक्षा क्षेत्रमा के कसरी अगाडी बढ्ने भन्ने बारेमा विभिन्न शैक्षिक संस्था सञ्चालकहरुसँग उपमहानगरपालिकाले शनिबार गरेको छलफलमा सरोकारवालहरुले तत्काल विद्यालय बन्द गर्न नहुने सुझाव दिएका थिए ।

वार्षिक परीक्षा नजिकै आउन थालेको भन्दै उनीहरुले स्वास्थ्य मापदण्डको अधिकतम पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम पाण्डेले तत्काल विद्यालय बन्द नगर्ने बताए । उनले कोरोनाको समयमा विद्यालय सञ्चालन सम्बन्धी मापदण्ड बनाइएको भन्दै त्यसको पालना गरेर कक्षा सञ्चालन गर्न समेत आग्रह गरे । उनले कोरोना संक्रमणको दर बढेको भएपनि डरलाग्दो अवस्था नभएको भन्दै विद्यालयमा संक्रमणदरलाई मध्यनजर गरी बन्द गर्न सकिने समेत बताए ।

संक्रमणको अवस्था भयावह हुन सक्नेतर्फ लक्षित गर्दै मेयर पाण्डेले बैशाख २७ गतेबाट वार्षिक परीक्षा सुरु गर्ने गरी तयारी गर्न समेत आग्रह गरे ।

त्यस्तै कार्यक्रममा उपमहानगरका स्वास्थ्य प्रमुख ओमप्रकाश न्यौपानेले अहिले अवस्था जटिल बन्दै गएको भएता पनि विद्यालयहरु अहिले नै बन्द गर्नुपर्ने अवस्था नभएको पनि बताए ।

छलफल कार्यक्रममा गुरुजजुर माविका प्रधानाध्यापक विष्णु केसी, महेन्द्र माविका प्रधानाध्यापक जितवहादुर थापा, ग्रेट अरनिकोका विष्णु आचार्य, तुलसीपुर सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेल लगायतको सहभागिता रहेको थियो ।

तुलसीपुरमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले ३८ जना सक्रिय संक्रमितहरु रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।

हालसम्म उपमहानगरपालिकामा कोरोना संक्रमणका कारण २४ जनाको ज्यान गएको छ,भने कुल संक्रमितको संख्या ८ सय ७८ रहेको उनले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);