काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आफूलाई असहयोग भइरहेको गुनासो गरेका छन् ।
शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसद्ले आफूलाई असहयोग भएको गुनासो गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जानकारी दिएका छन् ।
बैठकस्थलबाट बाहिरिएका सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोहनीले प्रधानमन्त्री ओलीको भनाई उद्दृत गर्दै सभामुख अग्निप्रसाद सापकोटाले समेत प्रत्यक्ष रुपमै असहयोग गरेकाले संसद् प्रभावकारी हुन नसकेको बताए ।
बैठकमा प्रधानमन्त्री ओलीले बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि दलहरुसँग सुझाव मागेको पनि उनले जानकारी दिए । दलहरुले पनि आ–आफ्ना सुझावहरु प्रस्तुत गरेको र यसको कार्यान्वयन हुने अपेक्षा रहेको बताए ।