आज पनि अवरान्हपछि मेघगर्जन, हुरी, चट्याङ र असिनासहितको बर्षा | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

आज पनि अवरान्हपछि मेघगर्जन, हुरी, चट्याङ र असिनासहितको बर्षा

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांस स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।

अहिले देशको सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली तथा अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । त्यसैगरी देशका पहाडी भूभागका केही स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यसतै राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी असिना सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागका केही स्थानहरु तथा तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply