त्रिकोणात्मक टी–२० शृखंलाको विजेता ट्रफी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

त्रिकोणात्मक टी–२० शृखंलाको विजेता ट्रफी सार्वजनिक

काठमाडाैं । नेपाल, मलेशिया र नेदरल्यान्ड्सबीच आयोजना हुने त्रिकोणात्मक टी–२० शृखंलाको विजेता ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ ।

शनिबारबाट कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा आयोजना हुने प्रतियोगिताको ट्रफी नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्यान्ड्सका कप्तान पिटर सिलर र मलेशियाका कप्तान अजिजले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण दर फैलिने त्रासकाबीच पनि आयोजना हुन लागेको शृखंलामा महामारीबाट जोगिन होटल देखी मैदानसम्म सबै सतर्कता अपनाइएको शृखंलाका निर्देशक माधव कर्माचार्यले बताउनुभयो । यस्तै क्यानका महानिर्देशक रौनक मल्लले शनिबारबाट आयोजना हुने लागेको शृखंला सम्पन्न गर्नु निकै चुनौतिपूर्ण रहेको बताउनुभयो ।

कोरोनाको महामारीको चपेटामा पनि आयोजना हुने शृखंलामा दर्शक दीर्घाको लागि टिकटको व्यवस्था मिलाइएको छ । प्रतियोगितामा सहभागि सबै खेलाडीको कोरोना परीक्षण समेत भइसकेको छ । शृखंलामा शनिबार पहिलो खेल आयोजक नेपाल र भ्रमणकारी टोली नेदरल्यान्ड्सबीच हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);