माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा

काठमाडौं । माओवादी केन्द्रले पार्टीबाट निर्वाचित चार प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको औपचारिक पत्र निर्वाचन आयोगलाईपठाएको छ ।

माओवादी केन्द्रको पत्र गत चैत्र २७ गते शुक्रबार नै निर्वाचन आयोगमा प्राप्त भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

एमालेमा लाग्नुभएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीलाई माओवादीले कारबाही गरेको थियो । उहाँहरुलाई माओवादीले सांसद्बाट हटाइसकेको छ । सोही व्यहोरा माओवादीले आयोगलाई जानकारी गराएको हो ।

टोपबहादुर रायमाझी अर्घाखाँचीबाट, गौरीशंकर चौधरी कैलाली–३ बाट, लेखराज भट्ट कैलाली–४ बाट र प्रभु शाह रौतहट ३ बाट निर्वाचित हुनुभएको थियो । अब ती ठाउँमा उपनिर्वाचन हुने छ ।

रिक्त रहेका पदहरुमा कहिले चुनावगर्ने भन्ने विषयमा भने छलफल नभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो–‘चुनाव हुन्छ, तर कहिले गर्ने भन्ने विषयमा छलफल भएको छैन ।’

प्रतिनिधि सभाको कार्यकाल ६ महिनाबढी बाँकी रहँदै पद रिक्त भए पुन उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर त्यसअघि अर्ली निर्वाचन भयो भने उप चुनाव हुँदैन । देश चुनावमा जान्छ ।

आइ .एन .ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);