‘मेरो कित्ता’ कार्यक्रमले बेथिति रोक्न सहयोग पुग्नेछ : मन्त्री तुम्बाहाङ्फे | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

‘मेरो कित्ता’ कार्यक्रमले बेथिति रोक्न सहयोग पुग्नेछ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले अनलाइनबाटै मालपोत र नापी कार्यालयको काम गर्न सकिने सेवाको सुरुवातले नयाँ युगमा प्रवेश गर्ने क्रममा थप एउटा सिँढी पार गरिएको बताएका छन् ।

नापी विभागमा बिहीबार आयोजित ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले यस्तो बताएकी हुन् । ‘मेरो कित्ता’ कार्यक्रमले जनतालाई खुसी थपेको उनको भनाई छ ।

जग्गासँग जोडिएर मालपोत र नापीमा पुगेर जनताले भोग्नुपर्ने सास्तीको अन्त्य गर्नु ऐतिहासिक काम भएको पनि मन्त्री तुङ्बाहाम्फेले बताईन् । जग्गा ऐन, सुशासन ऐन लगायत ऐनमा टेकेर काम गरिएको मन्त्री तुम्बाहाङ्फेले स्पष्ट पारिन् ।

कार्यालयमा हुने ढिलासुस्ती र बेथितिलाई रोक्न यो कार्यक्रम ल्याइएको मन्त्री तुम्बाहाङ्फेले बताईन् । उनले भनिन्– ‘सेवाग्राहीको सहजताको लागि, छिटोभन्दा छिटो जनतालाई सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुरुप हामीले यो कार्यक्रम ल्याएका हौं ।’ नेपाल डिजिटल युगमा प्रवेश गरेको भन्दै उनले सबै क्षेत्रलाई प्रविधिसँग जोड्ने योजना सरकारको रहेको पनि जानकारी गराईन् ।

‘डिजिटल नेपालको अवधारणा अनुसार हामीले ‘मेरो कित्ता’ कार्यक्रम ल्याएका छांै, अब हरेक क्षेत्रलाई प्रविधिसँग जोडेर जनताका लागि सहज बनाउन जरुरी छ, यसका लागि सरकारले काम गरिरहेको छ ।’ – मन्त्री तुम्बाहाङ्फेले भनिन् । सरकारले सेवा दिएका ठाउँमा जनताले गुनासो गर्ने स्थिति सृजना हुन नदिन उनले कर्मचारीलाई निर्देशन पनि दिइन् ।

आइ.एन.ए

Leave a Reply