जनमोर्चाद्वारा गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ अल्पमतमा | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

जनमोर्चाद्वारा गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री गुरुङ अल्पमतमा

काठमाडाैं राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरुले सरकार विरुद्ध अविश्वासको प्रस्ताब दर्ता गर्ने तयारी गरेका छन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन् भने जनमोर्चका ३ जना सांसद रहेका छन् ।

बर्तमान सरकार जोगाउन सरकारलाई जनमोर्चाको समर्थन अनिवार्य रहेको छ ।

Leave a Reply