एजेन्सी, १ वैशाख । अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सेना फिर्ता बोलाउने भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ पछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता बोलाउने बताएका छन् ।
गत वर्ष पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सेना फिर्ता बोलाउन तालिवानीहरुसँग सहमति गरेबमोजिम सेना फिर्ता गर्न लागिएको बताइएको छ ।
सन् २००१ मा अमेरिकाको विश्व व्यापार केन्द्र र पेन्टागनमा भएको आतंकवादी हमलाको २० औं वार्षिकीसँगै अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको घोषणा हुने अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपति बाइडेनले यसअघि मे १ मा ओरिकी सेना फिर्ता बोलाउने बताइएपनि त्यसको मिति केही पछि धकेलिएको हो । कट्टरपन्थी इस्लामिकहरुको आन्दोलनमा तालिवानीहरुले हिंसात्मक गतिविधि कम नगरेको भन्दै अमेरिकी र उत्तर एटलान्टिक सन्धि संगठन नाटोका अधिकारीहरुले पूर्व प्रतिवद्धताअनुसार शान्ति कायम गर्न आग्रह गरेका छन् ।
अफगानिस्तानमा शान्तिका लागि तालिवानीहरुलाई एक वर्षको समयसीमा दिइएको छ ।