सचेत बनौं, नेपालमा फेरि कोरोनाको बाढी आउन सक्छ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

सचेत बनौं, नेपालमा फेरि कोरोनाको बाढी आउन सक्छ

काठमाडौं, ३१ चैत । कोरोना भाइरस संक्रमणले सिंगो विश्वसँगै नेपाललाई पनि फेरि सताउने देखिएको छ । नेपालमा कोरोनाको बाढी आउने सक्ने सम्भावना बढेको छ । पछिल्लो समय नेपालमा कोरोनासंक्रमण तिब्र गतिमा फैलिरहेको छ । केही दिन यता कोरोनाबाट संक्रमित र निधन हुनेको संख्या पनि बढ्दै गइरहेको छ । आगामी असारसम्म कोरोना संक्रमितको संख्या उच्च हुने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकोे छ ।

दोस्रो लहरमा देखिएको कोरोनाको नयाँ प्रजाति कडा खालको भएकाले यसको असर गम्भीर रहेको चिकित्सकहरुले बताइरहेका छन् । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीले दैनिक ११ हजार संक्रमित थपिन सक्ने बताएका छन् । अहिलेको संक्रमणदरले त्यस्तो देखाएको उनको भनाई छ । अहिलेको दरमा कोरोना संक्रमण बढ्दै गए आगामी असारसम्म सक्रिय संक्रमितको संख्या ६ लाखसम्म पुग्नसक्ने उनले बताए ।

सोमबारसम्म नेपालमा कोरोनासंक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । संक्रमण फैलिन नदिन मन्त्रालयले आवश्यक तयारी गरिरहेको समेत मन्त्री त्रिपाठीले बताए । ‘मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राख्न उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गरिरहेको छ,भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वरेन्टिनथप गरिँदैछ’– त्रिपाठीले भने । सोमबार एकैपटक ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । ८ जनाको ज्यान गएको थियो ।

जुन संख्या कोरोनाको दोस्रो लहर सुरु भएपछिकै धेरै हो । मन्त्रालयले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । भिडजन्य कुनैपनि कार्यक्रम नगर्न समेत मन्त्रालयले अपिल गर्दै आइरहेको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);