काठमाडौं, ३० चैत । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भएका ३ हजार ५ सय ३२ पीसीआर परीक्षणमध्ये ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ पुगेको छ ।
याेसँगै २४ घण्टामा मृत्यु हुनेकाे संख्या ८ रहेकाे छ । योसँगै नेपालमा कुल मृत्यु हुनेकाे संख्या ३ हजार ५३ रहेकाे छ ।