आज पनि ह्वात्तै बढ्यो सुनको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

आज पनि ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौं, २७ चैत । शुक्रबार पनि सुनको मूल्यमा ह्वात्तै वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य नौ सय रुपैँयाले वृद्धि भएर ८९ हजार ९ सय रुपैँया निर्धारण गरिएको जनाएको छ । यसअघि बिहीबार सुन प्रतितोलाको ८९ हजार रुपैँयामा कारोबार भएको थियो ।

बिहीबार सुनको मूल्यमा एक हजार रुपैँयाले बढेको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि २० रुपैँया वृद्धि भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोलाको एक हजार २ सय ८० रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ । यसअघि बिहीबार चाँदी प्रतितोलाको एक हजार २ सय ६० रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply