अफ्रिकन रुट एसोसियसन आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८२, शुक्रबार

अफ्रिकन रुट एसोसियसन आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश

काठमाडाैं, २६ चैत । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट फाइनलमा पुगेको हो । अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच मौसा चुनिए ।

अफ्रिकन रुट एसोसियसन पहिलो पटक सहभागिता मै फाइनल पुगेको हो । शनिबार फाइनलमा अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ । संकटा क्लब एपीएफलाई हराएर फाइनलमा पुगेको हो ।

Leave a Reply