राजनीतिक हस्तक्षेप भएको भन्दै फिफाद्वारा पाकिस्तान फुटलब संघ निलम्बित | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

काठमाडौं, २६ असोज । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई निलम्वन गरेको छ। पाकिस्तानी फुटबल संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलले मंगलबार गरेको निर्णय अनुसार फिफाले पिएफएफलाई निलम्बन गरेको हो।

पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग लिएको छैन। पाकिस्तानी अदालतले नियुक्त गरेको फुटबल बडीले पिएफएफको कार्यालय र एकाउन्ट नियन्त्रण गरेको फिफा काउन्सिल ब्युरोको ठहर छ। निलम्वनपछि पिएफएफले फिफा स्ट्याटसको १३ नम्बर बुँदा अनुसार सबै अधिकार गुमाएको छ।

फिफाको २ सय ११ सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान २ सयौँ स्थानमा छ। सन् २०१५ को मार्चमा यमनसँग विश्वकप छनोट खेलेपछि पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन। पाकिस्तानमा अहिले कुनै व्यावसायिक फुटबल लिग समेत छैन।

ताजा समाचार