काठमाडौं, २३ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा दुई सय रुपैँयाले घटेर ८७ हजार २ सय रुपैँया निर्धारण गरिएको छ ।
आइतबार सुनको मूल्य ८७ हजार ४ सय रुपैँया रहेको थियो । आइतबार सुनको मूल्य स्थिर रहेको थियो । त्यसैगरी सोमबार चाँदीको मूल्य पाँच रुपैँयाले घटेको छ ।
आइतबार एक हजार २ सय ४० मा कारोबार भएको चाँदीको मूल्य सोमबार एक हजार २ सय ३५ रुपैँया निर्धारण गरिएको महासंघले जनाएको छ ।