काठमाडौं, २२ चैत । नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ । बुद्धनगरको एक पार्टी प्यालेसमा नेपाल खनाल पक्षीय जिल्लास्तरीय भेला बसिरहेको छ ।
काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित भेलालाई माधव नेपाल, झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि सो समूहको शनिबार सम्पन्न स्थायी कमिटीको बैठकले दुई महिने पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो ।
बैठकले देशभर नै भेला, गोष्ठी तथा प्रशिक्षण अभियान चलाउन तथा पार्टी मातहतका विभिन्न कमिटीहरुको विस्तार र आवश्यक परे पुनर्गठन समेत गर्ने निर्णय गरेको थियो ।




