एजेन्सी, २२ चैत । भारतमा पछिल्लो २४ घण्टामा ९३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९३ हजार २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो समयमा दैनिक धेरै संक्रमित हुनेको संख्याको आधारमा भारत पहिलो स्थानमा पुगेको छ ।
योसँगै भारतमा संक्रमित हुनेको संख्या एक करोड २४ लाख ८५ हजार ५ सय ९ पुगेको छ । कुल संक्रमित संख्याको आधारमा भने भारत तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सोही अवधिमा संक्रमणका कारण पाँच सय १३ जनाको मृत्यु भएको छ ।
जसमध्ये दुई सय ७७ जना महाराष्ट्रका मात्रै रहेका छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६ सय २३ पुगेको छ । त्यसैगरी भारतमा संक्रमणमुक्त हुनेको संख्या १ करोड १६लाखभन्दा बढी पुगेको छ ।
भारतमा सक्रिय संक्रमित संख्या ७ लाखको हाराहारीमा रहेको छ । हालसम्म भारतमा ७ करोड ५९ लाख ७९ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।