नेपाल बालविवाह हुने मुलुकको उच्च सूचीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, २५ असोज । नेपाल दक्षिण एसियाली मुलुकको दाँजोमा उच्च बालबिवाह हुने मुलुकको तेस्रो स्थानमा रहेको सरोकारवालाले बताएका छन् ।

प्लान नेपालद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले १८ बर्ष भन्दा कम उमेरमा गरिने बिवाहको दर घट्दै गएको देखिए पनि नेपाल दक्षिण एसियाली मुलुकको दाजोमा उच्च बालबिवाह हुने मुलुक मध्ये तेस्रो र विश्वको २२ औँ स्थानमा पर्ने बताएका हुन् ।

विगतमा धार्मिक मान्यता, गरिबी र अशिक्षाका कारण सानै उमेरमा बिवाह गर्ने प्रचलन थियो भने अहिले आफूखुसी बिवाह गर्ने भएकाले सम्रगमा बालबिवाहको दर बढेको सरोकारवालाको भनाइ छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);