काठमाडौं, २० चैत । नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ ।
बिहान ११ बजे कलंकीस्थित एक बैंक्वेट स्थायी कमिटी बैठक बोलाइएको हो । बैठकमा पार्टी नेताहरुलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निलम्बन विस्तारित समानान्तर संरचना लगायत आगामी राणनीति तय गर्न बैठक बस्न लागेको बताइएको छ ।
आफ्नो समूहको उपस्थितिबिना नै अध्यक्ष ओलीले विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि रुष्ट देखिएको नेपाल समूह देशव्यापी समानान्तर संरचनामा बनाउन सुरु गरिसकेको छ ।
अखिल नेपाल महिला संघ अनेमसंघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेका छन् भने माधव समूहले गण्डकी प्रदेशबाट कमिटीहरु बनाउन सुरु गरिसकेको छ ।




