माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइयो

एजेन्सी, २० चैत । माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइएको छ ।

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फ्यू बिहीबार रातिदेखि हटाएको हो ।

सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान साढे ४ बजेसम्मका लागि लागू गरिएको कर्फ्यू हटाइएको उल्लेख छ ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कर्फ्यू लगाइएकोसमेत सूचनामा उल्लेख गरिएछ । कर्फ्यू लगाएसँगै बन्द भएका रात्रिकालीन सेवा र उद्योगहरु सुचारु भएका छन् ।

राजधानी मालेमा गत मार्च ४ देखि लगातार कर्फ्यू लगाइएको थियो । माल्दिभ्समा अहिलेसम्म २४ हजारभन्दा बढी मानिसमा कोरोनभाइरसको संक्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);