नयाँ वर्षमा जनतालाई धरहरा उपहार : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

नयाँ वर्षमा जनतालाई धरहरा उपहार : प्रधानमन्त्री ओली

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षमा जनतालाई धरहरा उपहार दिइने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने– ‘भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक धरहरा पुर्ननिर्माण अन्तिम चरणमा पुगेको छ, आगामी नयाँ वर्षको पहिलो दिन उद्घाटन हुने जनताका लागि नयाँ वर्षको उपहार त्यही हुनेछ ।’

सरकारले एक पछि अर्काे नयाँ काम र योजनाको थालनी गरिरहेको पनि उनले बताए । मेलम्ची खानेपानी लगायत थुप्रै योजनामा सरकारले सफलता पाएको पनि उनले बताए ।

देशलाई सुरुङमार्गमा लैजाने लगायत धेरै काम सरकारले गरेको प्रधानमन्त्री ओलीले बताए । बाटो, ढल र विद्युतको तालमेल मिलाउँदै विकासको गतिलाई अझ अघि बढाइने पनि उनले बताए ।

इतिहास झल्कने र आधुनिकता टल्कने हिसाबले निर्माणका काम सम्पन्न हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पूरा गर्ने लक्ष्यमा सरकार अगाडि बढिरहेको भन्दै उनले विकासको गतिलाई रोक्न नदिइने प्रतिबद्धता जनाए ।

Leave a Reply