जासुसीको अभियोगमा इटालीले नौसेनाका कप्तानलाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

जासुसीको अभियोगमा इटालीले नौसेनाका कप्तानलाई पक्राउ

एजेन्सी, १९ चैत । बुधबार नौसेनाका कप्तान ५ हजार युरोका बदलामा गोप्य कागजातहरु रुसी अधिकारीसँग साटासाट गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुमध्ये इटालीका नौसेनाका कप्तान र रुसी दूतावासका कर्मचारीमाथि जासुसी र राज्यको सुरक्षा सम्बन्धि गम्भीर आरोप लगाइएको छ ।

रुसको एउटा कार पार्कमा उनीहरु पक्राउ गरिएको बताइएपनि आधिकारिक रुपमा पहिचान भने नखुलाइको अन्तर्राट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इटालियनले हस्तान्तरण गरेको फाइलहरु मध्ये एक फाइल नाटोका दस्तावेज भएको आशंका गरिएपनि पुष्टि भने हुन सकेको छैन । यदपी उक्त दस्तावेदले पश्चिमी सैन्य गठबन्धनका अन्य सदस्यहरुकालागि सुरक्षा चिन्ता बढाएको छ ।

युरोपेली देशहरुले बेला बेलामा रुसबिरुद्ध यस्ता जासुसी गरेको आरोप लगाइरहेका हुन्छन् । यसअघि बल्गेरियाले मार्चमा र नेदरल्याण्डले डिसेम्बरमा रुसी अधिकारीलाई जासुसी गरेको अभियोगका देश निकाला गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);