एजेन्सी, १८ चैत । बंगलादेशमा बंगबंधु कप इन्टरनेशनल टुर्नामेन्टमा नेपाली राष्ट्रिय कबड्डी टोलीले पोल्याण्डमाथि जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा नेपालले पोल्याण्डमाथि २१ अंकले जित निकालेको हो । नेपालले ४० अंक ल्याउँदा पोल्याण्डले १९ अंक ल्याएको थियो ।
नेपालले अर्काे खेलमा केन्यासँग भिड्ने छ । अब केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्ने छ । हिजो सम्पन्न खेलमा नेपाल बंगलादेशसँग १४ अंकले पराजित भएको थियो ।
प्रतियोगितामा बंगलादेशसहित नेपाल, पोल्याण्ड, केन्या र श्रीलंकाको सहभागिता छ । फाइनल खेल अप्रिल २ मा हुनेछ ।