सरकारले गरेका कामलाई दोषी आँखाले हेरियाे : एमाले सचेतक चौधरी | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

सरकारले गरेका कामलाई दोषी आँखाले हेरियाे : एमाले सचेतक चौधरी

काठमाडाैं, १८ चैत । नेकपा(एमाले) कि सचेतक शान्ता चौधरीले सरकारले गरेका कामहरुलाई दोषी आँखाले हेरिएको बताएकाे छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक चौधरीले सरकारले हालसम्म गरेका महत्वपूर्ण कामहरुलाई दोषी आँखाले हेरिने गरेको बताए ।

सरकारले तीन दशकपछि मेलम्चीको पानी काठमाडौंमा झारेको, देशलाई सुरुङ मार्गमा प्रवेश गराएको, भूकम्प पछिको पुननिर्माणका कामहरु भइरहेका तथा नयाँनयाँ विद्यालयहरु बनाउने लगायतका कामहरु सरकारले गरेको बताए । सरकारले विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गराई इतिहासमै ठुलो काम गरेको पनि बताए।

सरकाले देशलाई आत्मनिर्भर उन्मुख बनाउँदै लगेको पनि बताए। उनीले भन्नुभयो ‘विद्रोही शक्तिलाई वार्ताको टेबुल मार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको छ सरकारले । विप्लव समूह, सिके राउतजस्ता विद्रोही समूहलाई शान्तिको बाटोमा ल्याएको छ यो सरकारले । मलाई लाग्छ यो सत्ता पक्षले मात्रै होईन, प्रतिपक्ष सबैले सरकारलाई यतिबेला खुलेर धन्यवाद दिनुको सट्टा अहिलेपनि सरकारले केही गरेन भनेर हामीले बिरोध गरिरहेका छौँ । त्यसकारणले म भन्दैछु कस्तो संस्कार हो हाम्रो ? कस्तो बुझाइ हो हाम्रो ? अब देशमा कुनै विद्रोही शक्ति हुने छैनन् । इतिहासमा यो सरकारले सबैभन्दा ठुलो काम गरेको छ ।

Leave a Reply