चुनाव भए गणतन्त्र खतरामा पर्छ : देव गुरुङ | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

चुनाव भए गणतन्त्र खतरामा पर्छ : देव गुरुङ

काठमाडौं, १८ चैत । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिलेको सरकार काम चलाउ भएको बताएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद् गुरुङले सो कुरा बताएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा मात्रै पुर्नस्थापित गरेको भन्दै उनले सरकार काम चलाउ नै रहने विगतका नजिर रहेको बताए । उनले भने – ‘नेपालको संसदीय अभ्यास हेर्दा, ०४७ को संविधानले चार चोटी संसद् विघटन भयो, त्यतिखेर चारैपटक तत्कालीन सरकार काम चलाउमा गयो’– उनले भने । अहिलेसम्म्को अभ्यास हेर्दा कुनै पनि बेला सर्वोच्चले संसद विघटनको निर्णय सदर गर्दा होस् या बदर गर्दा, तत्कालीन सरकार काम चलाउनै रहने दाबी गुरुङले गरे ।

‘यसपालि सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्दा पनि सरकार काम चलाउनै छ, तर यो सरकारले काम चलाउ सरकारको रुपमा आफूलाई अझै स्वीकारेको छैन्, सरकारले विधि पद्धति मिचेको छ, म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु’– गुङले भने ।

सदनलाई बिजनेश नदिएको भन्दै उनले सरकारको कडा आलोचना गरे । सरकारले यो सदनलाई के गर्न चाहेको छ भन्ने गम्भीर प्रश्न उठेको पनि देवले बताए ।

‘सरकारले देशलाई मध्यावधि निर्वाचनतर्फ डोर्याएको छ, ताजा जनादेश भनेको के हो ? संविधानले त पाँच–पाँच वर्षको चुनाव मात्र चिनेको छ, बीचमा हुने भनिएको चुनावले संविधानको मर्म र भावनामा ठेस पुग्छ’ – उनले भने । तोकिएको समय भन्दा अगाडि चुनाव भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने देवले दावी गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);